
यात्रुहरुबाट बढी भाडा लिएपछी प्रहरीले एक जना गाडी चालकलाई कैलालीमा प्रहरीले सचेत गराएको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीले भाडा बढी लिएको गुनासो आएपछि लम्की बाट धनगढी जाँदै गरेको विङगरलाई नियन्त्रमा लिएर यात्रुहरु कै अगाडी सचेत गराएर पठाएको छ ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी प्रेम शाहीले भाडा बढी लिएको गुनासो यात्रुहरुबाट आएकाले कार्यालय मै चालकलाई बोलाएर बढी भाडा लिएका केही यात्रुहरुको भाडा फिर्ता गराएर सम्झाई बुझाई पठाएको बताए ।
जिल्लाभर आजबाट मात्रै जोर बिजोर प्रणाली अन्तर्गत सार्बजनिक यातायात सन्चालन गर्न दिने स्थानिय प्रसाशनले निर्णय गरेको छ ।
