
हाल देशका ६८ जिल्लामा जिल्लाभर निषेधाज्ञा जारी रहेको अवस्थामा सुदूरपश्चिमका जिल्लाहरुमा पनि निषेधाज्ञा लगाईएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ । बैतडीमा असार ३१, डडेल्धुरामा असार २५, अछाम र कञ्चनपुरमा असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ ।
कैलालीमा असार २२, दार्चुला र डोटीमा असार १९ गतेसम्म निषेधाज्ञा जारी रहेको छ । बाजुरामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ । बझाङमा भने निषेधाज्ञा हटिसकेको छ ।

देशभरका जिल्लाहरुको यस्तो छ निषेधाज्ञा