
सडकमा लडेर बेहोस भएका पुरुषको मृत्यु भएको छ ।

धनगढीको सेतोपुल नजिकै लडेर बेहोस भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । पुरुषको पहिचान भने हुन सकेको छैन ।
बेहोस भएका पुरुषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
