
सुदूरपश्चिम प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्य भएको छ।

यस्तै ३० जना संक्रमित निको भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशभरमा ७७६ नमुना परीक्षण गरिएको छ। जसमध्ये २४ जनामा संक्रमण पुस्टि भएको छ।
महाकाली अस्पतालको प्रयोगशालामा ८ जनाको नमूना परीक्षण गर्दा २ जना र बैतडी अस्पतालमा ६५ नमूना परीक्षण गरेकोमा १ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ।
