
सुदूरपश्चिम प्रदेश सभाको बैठकमा माननीयदेखि त्यहाँ बस्ने सबैका लागि नियम बनाईएको छ । तर प्रदेश सभाको बैठक चलिरहँदा प्रदेश सभा सदस्यहरुले नै नियम उलंघन गर्दै आएका छन् ।


महत्वपूर्ण विषयमा बैठक चल्दा पनि प्रदेश सभाभित्र रहेका माननीयहरुको अमर्यादित व्यवहार र शैली देखिएको आएको छ ।
आईतबार भएको प्रदेश सभा बैठकमा उपस्थित माननीयहरुमध्ये कोही निद्रामा मस्त रहेका देखिएका छन भने कोही माननीयहरु फोनमा व्यस्त हुने गरेका छन् ।
जबकी त्यहाँ मोबाईल फोनको प्रयोग गर्न पाईदैन् । प्रदेश सभाका सदस्यहरुले नै नियमको खिल्ली उडाउँदै आएका छन् ।