
डोटीको जोरायल गाउँपालिका–१ मा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

बडिकेदार गाउँपालिका–१ का दीपकबहादुर विकको लडेर ज्यान गएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।
गोगनपानी बजारबाट बिहान खाद्यान्न किनेर दिदीको घर फर्किने बेला विक लडेका प्रहरीले जनाएको छ ।
