
सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने भएको छ।

अस्पतालले शनिबार एक सूचना जारी गर्दै आइतबारदेखि ओपीडी सेवा साविकको समय बमोजिम बिहान १० देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जनाएको हो।
कोरोना संक्रमण महामारीको दोस्रो लहरका कारण अस्पतालमा कोभिड–१९ का बिरामीको चाप बढेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको थियो।
