
नेपालमा मनसुन प्रवेशसँगै भारी वर्षाका कारण नदी तथा खोलामा बाढीको प्रकोप बढिरहेको छ ।

जल तथा मौसम विभाग अन्र्तगत बाढी पूर्वानुमान शाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशको महाकाली र यसका सहायक नदीमा पानीको बहाव सामान्यत रहने र सर्तकता तलै हुने पूर्वानुमान गरेको छ ।
यस्तै कर्णाली र यसका सहायक नदीमा भने पानीको बहाव केही बढ्ने र सर्तकता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक रुपमा बाढी आउने र सर्तकता आसपास पुग्ने भएकोले जोखिमबाट जोगिन आग्रह गरिएको छ ।