
लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ।

डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ।
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो।
