 
अछाममा आफ्नै शरीरमा आगो लगाएका युवकलाई उपचारका लागि कोहलपुर लगिएको छ । बयालपाटा अस्पतालको गेट अगाडी आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीलाई थप उपचारका लागि कोहलपुर लगिएको हो ।
 
 अस्पतालको गेट अगाडी सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टर मार्फत कोहलपुर लगिएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनका अनुसार घाईते आउजीलाई गर्भवतीको उद्धारका लागि आएको हेलिकोप्टर मार्फत नै कोहलपुर पठाईएको हो ।
 अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । अस्पतालले हटाएपछि उनले परिवारको रोजीरोटी खोसिएको भन्दै आगो लगाएको बुझिएको छ ।  यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
