
सुरक्षित मातृत्व सन्जाल कैलालीले धनगढीमा जारी राखेको रक्तदान कार्यक्रममा दाताहरुले रक्तदान गर्दै आएका छन् । कोरोना महामारीको समयमा रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम जारी रहेको छ । यसैक्रममा आज नेपाल तेक्वान्दो संघ धनगढी नगर समितिले रक्तदान गरेको छ ।


धनगढी नगर समितिको संयोजनमा भएको रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा तेक्वान्दो संघका प्रदेश सचिव पदम सिंह कैलारी गाउँपालिका तरुण दलका अध्यक्ष श्रीराम चौधरी, उपमहानगरपालिका सचिव योगेन्द्र कलौला, सदस्य मेघा थापा, बीरवहादुर ढाँट, लोकेन्द्र बम र निरज चौधरी लगायतले रक्तदान गरेका थिए ।