
बैवाहिक बर्षगाठको अवसरमा धनगढीका बैंकर दम्पतिले मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । बैंकरद्धय सागर ओझा र उनकी धर्मपत्नी दुर्गा ओझाले आफ्नो ११ औं बैवाहिक बर्षगाठको अवसरमा आश्रमलाई दश हजार आर्थिक सहयोग गरेका हुन् ।

आश्रममा रहेका असहायलाई सहयोग होस भनेर सहयोग गरिएको ओझा दम्पतिले बताए । उनीहरुले आश्रममा रहेका असहायहरुलाई खाना समेत खुवाएका छन् ।
बैंकर सागर ओझा मेगा बैंक नेपाल लिमिटेडका सुदुरपश्चिम प्रदेश प्रमुख हुन भने र उनकी श्रीमति दुर्गा ओझा ग्लोबल आईएमई बैंक अत्तरिया शाखाको कर्जा विभागमा कार्यरत रहेकीछिन् ।
