
धनगढीका एक सय ३० परिवारलाई राहत वितरण गरिएको छ ।

लायन्स क्लब अफ धनगढी ईन्नोभेटिभले धनगढी उपमहानगरपालिका वडा नम्बर १ का विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

वडा नम्बर १ को शिविरमा बस्दै आएका परिवारलाई खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको लायन्स क्लब अफ धनगढी ईन्नोभेटिभका आभेष चन्दले जानकारी दिए ।