 
कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीको मसुरीयाका ४७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या ११० पुगेको छ ।
 
 सुदूरपश्चिमका एक सय १० जना संक्रमित मध्ये एक सय ६ जना प्रदेशभित्रै रहेका छन् भने दुई जना संक्रमितको मृत्यु भईसकेको छ। एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ। संक्रमित मध्ये १८ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।
 सबैभन्दा बढि कैलालीका ४७ जना, अछामका १५, कञ्चनपुरमा १३, डोटीका १०, डडेल्धुरा र बझाङमा ७र७, बैतडीमा ६, बाजुराका तीन र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ९२, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
