प्रिन्सिपल मृत्यु प्रकरणः एक सातदेखि सिआईबीको टोलीद्धारा अनुसन्धान जारी
 
death

कैलालीको गौरिगंगा नगरपालिको मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको केन्द्रिय अनुसन्धान व्युरो सिआईबीको टोलीले अनुसन्धान जारी राखेको छ ।

गत आईतबार कैलाली आएको दुई सदस्यीय सिआईबीको टोलीले एक सातादेखि अनुसन्धान जारी राखेको हो । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ९ का ४० वर्षीय भुषालको मृत्यु प्रकरणको अनुसन्धानका लागि खटाईएको सिआईबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

बैशाख ११ गते मृत फेला परेका भुषालको हत्या भएको आशंकामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पाँचै जनालाई प्रहरीले छोडिसकेको छ । स्थानीयहरुले भुषालको हत्या भन्दै आन्दोलन गर्दै आएकोमा सिआईबीको टोलीले अनुसन्धान थालेपछि भने स्थगीत रहेका छन् ।