
फोक्सोमा समस्या देखिएपछि थप उपचारको लागि डडेल्धुरा रिफर गरिएकी ३८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ। अपिहिमाल गाउँपालिका घर भई हाल महाकाली नगरपालिका–५ गल्फै बस्दै आएकी महिलाको मृत्यु भएको हो।

बिहीबार मात्रै कोरोनाको नयाँ भेरियन्टको संक्रमण देखिएपछि जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको थियो। फोक्सोमा समस्या देखिन थालेपछि शुक्रबार थप उपचारको लागि डडेल्धुरा लगिएको थियो।
डडेल्धुरा अस्पतालमा राती १२ :१५ बजे भर्ना गरिएको थियो। भर्ना गरेको १५ मिनेटमै ती महिलाको मृत्यु भएको आफन्त जनक ठेकरेले बताए। जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ।
