
अछाममा २ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ।

शुक्रबार दिउँसो १२ बजेको समयमा मंगलसेन नगरपालिका ३ का ५६ वर्षीय पुरुष र साँफेबगर नगरपालिका ४ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो।
मंगलसेनका पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र साँफेबगरका पुरुषको बयलपाटा अस्पतालमा मृत्यु भएको छ।

अछाममा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ।