
अछामको चौरपाटी गाउँपालिकका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।
उनको बुधवार एन्टिजेन्ट विधिबाट परिक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

कोरोनाको लक्षणसँग मिल्ने लक्षण भएकोले परीक्षण गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो ।
उनको राती मृत्यु भएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।