धनगढीको ‘सरप्राइज’ सफलताः खुकुरीकाे धारमा हिडेकाे धनगढी एनएसएलमा अब्बल सावित
 
aa

नेपाल सुपर लिग यो बर्ष हुने भनेर घोषणा भएपछि विभिन्न शहरको नाममा टिम बनाउने योजनाका साथ आयोजकले धेरैलाई प्रस्ताव गरे । यस्तैमा यो प्रतियोगितामा टिम खरिदका लागि प्रस्ताव गरिएका ब्यक्ति थिए सुवाश शाही । यो नाम नेपाली क्रिकेटमा एक चर्चित नाम नै हो ।

नेपालमा पहिलो पटक अक्सनबाट खेलाडी किनबेच गरेर फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात गर्ने सुवासका लागि फुटबल भने निकै नयाँ थियो । सामान्यतया खेल हेर्ने गरेको भएपछि यो खेलमा अहिलेसम्म उनी आफैं संग्लन्न भएर कुनैपनि गतिविधी गरेका थिएनन् ।

तर जब नेपाल सुपर लिगका लागि टिम खरिदको प्रस्ताव आयो, उनले धेरै नसोचेर हुन्छ भने । उनले टिम लिने निर्णय गर्दा अरु धेरै केहि सोचेका थिएनन् । एउटा राम्रो टिम बनाउछु र राम्रा खेलाडी कसरी अनुबन्ध गर्नुपर्छ भन्ने ज्ञान भएका ब्यक्तिको खोजिमा लागे ।

यस्तैमा उनलाई नेपाली फुटबल खेलाडीलाई राम्रोसँग बुझेका ब्यक्ति दिपेश तिमिल्सिनालाई टिममा लिँदा राम्रो हुन्छ भन्ने सल्लाह पाए । त्यो पनि उनका निकै विश्वासिला ब्यक्तिबाट । ति ब्यक्तिको सल्लाहमा उनले दिपेशलाई टिमको म्यानेजर बनाउने निर्णय गरे । उनले खेलाडी अनुबन्ध तथा अक्सनमा टिम बनाउने सबै जिम्मा दिपेश र मार्की खेलाडी बिशाललाई दिए ।

उनी अक्सन मात्र झण्डा उठाउने गरेर बसेका थिए । डीपीएल लिग गर्दा जुन किसिमकाे उनकाे टिम थियाे, याे पटक फुटबल टिम बनाउँदापनि राम्राे टिम हाेस भन्ने चाहेका थिए । हुनपनि उनकाे खाेजाई र गराइ उस्तै भयाे ।

तिनै दिपेशको योजना अनुसार धनगढीले मार्की देखि आइकोनीकमा राम्रो खेलाडी ल्याउने सफल भए । धनगढीको मार्की खेलाडीमा विशाल राई थिए भने आइकोनीक खेलाडीमा किरण चेम्जोङलाई अन्तिममा अनुबन्ध गर्न सफल भयो । किरणलाई आफ्नो टिममा ल्याउनका लागि तीन चार वटा क्लवको होड चलेपछि धनगढी टिमले माेटाे रकममा भित्र्यायो ।

यस्तैमा धनगढी टिमले अक्सनमा पनि पुर्ण रुपमा फिट भएका खेलाडीमा सोचबुझ गरेर बोली लगायो । उसले सोचेका केहि खेलाडी बाहिर गएपनि अन्तिममा ब्यालेन्स टिम बन्यो । यस्तैमा उसले विदेशी खेलाडीका रुपमा नेपाली फुटबलमा एक समय निकै चर्चा कमाएका ओलाओलेलाई भित्र्याउनु बलियो पक्ष बन्यो । भलै प्रतियोगिताका धेरै खेलमा धनगढी ओलाओलेमा बढि भर परेपनि ।

पेपरमा हेर्दा धनगढीमा त्यस्तो उत्कृष्ट खेलाडी भन्ने नभएपछि पोजिसनका आधारमा रिप्लेस गर्नका लागि पनि डेफ्थ खेलाडी टिममा रहेका थिए । पुरै प्रतियोगितामा मार्की खेलाडी विशाल राईको प्रदर्शन सन्तोष जनक रहेपछि प्लेअफमा भने विशाल सन्जिबनी बुटीक बने । उनले अतिरीक्त समयमा गरेको गोलका कारण नै धनगढीले नेपाल सुपर लिगमा इतिहास रच्न सफल भयो ।

प्रतियोगिता अगाडी धनगढी टिमका मालिक सुवास शाहीले बारम्बार भनेका थिए, धनगढी टिम आफुले फुटबल बुझेर भन्दापनि एउटा नयाँ चुनौती लिनका लागि पनि खरिद गरेको बताएका थिए । तर त्यो चुनौतीमा उनले ठूलो जुवापनि नखेलका होइनन् ।

प्रतियोगितामा सहभागि अरु ६ वटा टिमका मालिकको पृष्ठभूमी ब्यापारीक घरानासँग जोडिएका थिए । अरु टिमको तुलनामा आर्थिक रुपमा पनि केहि कमजोर धनगढी नै रहेको थियो । तर करिव एक महिनाको समयमा सुवासले टिमकालागि प्रायोजक र सहप्रायोजक खोजेर एउटा ठूलो समस्यालाई कम गरे ।

जब प्रतियोगिता सुरु भयो पहिलो खेलमा नै पराजित हुँद धनगढी टिम कमजोर त होइन भन्ने आभाष पनि भएको थियो । तर उसले मुख्यमुख्य खेलमा जोडदार प्रदर्शन गर्दै प्लेअफमा पुग्ने पहिलो जिम बन्यो । उसल लिग चरणमा ६ खेलमा तीन जित, एक बराबरी र दुई हार ब्यहोरेको थियो । तर उसले एक खेल अगाडी नै प्लेअफमा पुग्न सफल भयो ।

यता प्रतियोगितामा निकै बलियो देखिएको काठमाडौं विरुद्धको खेलमा धनगढीले कस्तो प्रदर्शन गर्ने हो भन्ने सबैको कौतुहल थियो । तर उसले एक गोलले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल दुई एकले जित्यो ।

फुटबल टिमवर्क गेम हो भन्ने धनगढीले मैदान भित्र र मैदान बाहिर देखाएर छोड्यो । धनगढी प्रिमियर लिगको आयोजना गर्दा हरेक संस्करणमा घाटा ब्यहोरेका सुवासलाई एनएसएलमा लगानी गर्दा खुकुरीको धारमा हिड्नु जस्तै थियो ।

तर अब फाइनलमा पुगेपछि उसको ठूलो चिन्ता ७० प्रतिशत कम भएको छ । अब फाइनलमा कुन टिमसँग पर्ने हो त्योमात्र मुख्य विषय रहेको छ ।

लिग चरणको खेल हेर्ने हो भनेपछि धनगढीले जित निकाल्दा दोस्रो हाफमा आफ्नो खेललाई देखाएर जित निकालेको थियो । यो विषयमा सोध्दा म्यानेजर तिमिल्सिनाले धनगढी टिममा सबै पोजिसनमा रिप्लेस हुने खेलाडीपनि पहिलो रोजाईको जस्तो नै भएकाले पनि खेल फरक नपरेको बताउछन ।