
कञ्चनपुरमा विवाहमा हिँडेको बसले स्थानीय प्रशासनको आदेश विपरित कार्य गरेको भन्दै बसलाई ५ घण्टा होल्ड गरिएको छ ।

स्थानीय प्रशासनले विवाहमा १५ जना भन्दा बढी लैजान नपाउने आदेश जारी गरे पनि विवाहमा ४५ जना लैजादै गरेको बसलाई होल्ड गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक केशव भटटले जानकारी दिए।
कञ्चनपुरको सुखासालबाट भाँसी जाँदै गरेको विवाहको बसमा ४५ जना जन्ती रहेको पाइएकाले सबैलाई बस सहित मञ्चमा लगेर ५ घण्टा होल्ड गरिएको उनले बताए ।

बेहुला तथा अन्य लाई विवाहको लागि पठाइए पनि जन्तीहरु भने दिउसो १२ बजे देखी बेलुकी ५ बजे सम्म मञ्चमा बसेका थिए ।
बस चालकले धरै जन्ती नलैजान भने पनि कसैले आफनो भनेको नमानेको बताए ।