
कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न कैलालीमा जारी गरिएको निषेधाज्ञाको आज चौथो दिन भएको छ।


निषेधाज्ञामा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने भने पनि आम सर्वसाधारण भने जिल्लाको मुख्य शहर धनगढीका सडकमा खुलेआम हिडिरहेका छन् ।
कैलाली प्रशासनले बैशाख १६ गते बिहान ६ बजेदेखि निषेधाज्ञा लागु गरे पनि कैलालीमा निषेधाज्ञाको नाम मात्रै भएको समेत आरोप लागेको छ ।
निषेधाज्ञा लागु भए पनि यसको असर कैलालीमा भने देखिएको छैन् । जिल्लामा कोरोना संक्रमणदर बढ्दै गईरहेको भन्दै बैशाख ३० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अभिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।