
कञ्चनपुरमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नम्वर – १९ का ३५ बर्षिय पुरुषको मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ ।

कञ्चनपुरको जीवन रेखा सुधारगृहमा राखीएका उनलाई स्वास्थ्यमा समस्या भएपछी उपचारका क्रममा भरोसाका फर्मेसीमा मंगलबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्युपछी स्वाव परिक्षण गरिएकोमा उनको रिर्पोट आज पोजेटीभ आएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए ।
