शनिबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर शनिबार ५ सय ७५ जना भित्रिएका छन्।
तीमध्ये ४ सय ७९ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ५० जनामा संक्रमण पुस्टि भएको उनले बताए।
उक्त नाकाबाट भित्रिएकामध्ये ११ हजार ३ सय ४ जनाको कोरोना परीक्षण गरिएको छ। जसमध्ये १ हजार १ सय २९ जनामा संक्रमण पुस्टि भएको छ।
नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ।