 
धनगढीमा निर्माणगरिएको कोरोना अस्पतालबाट सेवा सुचारु गरिएको छ । प्रदेश सरकारको बजेटमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पतालबाट विहीवारदेखि सेवा सुचारु गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
 
 अस्पतालले विहीवार विज्ञप्ती जारी गर्दै विद्युत थ्री फेज लाईन, जेनेरेटर, खानेपानी, भेन्टिलेटर सहित पाँच शैयाको आईसियु, अक्सिजन सप्लाई, सिसि टिभी लगायतका आवश्यक पूर्वाधार उपकरण जडान सम्पन्न भएपछि सेवा सञ्चालन गरिएको जानकारी दिईएको छ । प्रदेश सरकारले ५० शैयाको आईसोलेसन वार्ड सहितको कोरोना अस्पताल भवन निर्माण गरेको थियो ।
 
 
 वडा प्रहरी कार्यालयको अगाडी निर्माण गरिएको कोरोना वार्ड सञ्चालन भएसँगै सेती अस्पतालको आईसोलेसनमा रहेका संक्रमितहरुलाई त्यहाँ सारिएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । हाल सेतीमा उपचाररत २६ जना छन् । उनीहरुलाई कोरोना वार्डमा सारिएको श्रेष्ठले बताए ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
