
बझाङी भाषाका सर्जक मान बहादुर सिंह “पहाडी” को निधन भएको छ।

बझाङको दुर्गाथली गाउँपालिका ७ तल्यानका पहाडी को काठमाडौंमा उपचारका क्रममा निधन भएको हो। सुदूरपश्चिमका प्रसिद्ध लोक साहित्यकार, बझाङी भाषाका सर्जक तथा अन्य विविध खाले लोकसँस्कृतिका संकलक समेत रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो।
त्यसबारे उनका आफन्तले सामाजिक सञ्जाल फेसबुक मार्फत समवेदना व्यक्त गर्दै लेखेका छन्, “दुःखद घडीमा स्वर्गीय लोक कविप्रति भावपूर्ण श्रद्धाञ्जली बैकुण्ठ बास होस् तथा शोकसन्तप्त परिवारजनमा र भाइ दिपेन्द्रलाई धैर्य धारण गर्ने शक्ति मिलोस्।”
