 
कोरोना भाइरसको जोखिम बढेको भन्दै बैतडीका विभिन्न स्थानीय तहमा सञ्चालन हुने भनिएका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित भएका छन्। स्थानीय तहहरुले सूचना निकालेर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरेका हुन्।
 
 दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकाले सूचना प्रकाशन गरेर रनिङ शिल्ड प्रतियोगिता स्थगित भएको जनाएको छ।
जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठक र प्रमुख जिल्ला अधिकारीले आदेश जारी गरेर भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरिएका हुन्।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
