
कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि अपरिचित व्यक्तिहरुको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार मोटरसाईकलमा आएका अपरिचित समुहले बालिकालाई अपहरण गरि बलात्कार गरिएको जनाएको छ ।
बालिकालाई घरभन्दा करिब ३ सय मिटर पर फेला पारेको र उनीहरु घटना लगत्तै फरार भएको उनले बताए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
