
बाजुराको पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ पारी गाउँमा घर निर्माणका क्रममा ढुंडा खसेर टाउकोमा लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका–५ पारि गाउँका स्थानीय ४५ वर्षीय ४५ ददी सार्की रहेका छन् । सार्कीको घटनास्थलमा मृत्यु भएको स्थानीय राजन शाहीले जानकारी दिए
घर चिन्दै गर्दा माथिबाट खसेको ढुगां लागेर मृत्यु भएको शाहीले बताए । शाहीका अनुसार सोही घर निर्माणका क्रममा मजदुर काइरे तिरुवा सामान्य घाईते भएका छन् ।

घाइते तिरुवा र मृतक सार्की स्थानीय रंगबहादुर शाहीको घर निर्माण गरिरहेको बेला तलबाट ढुंगा दिदा माथिबाट खसेर सार्कीको मृत्यु भएको शाहीको भनाई रहेको छ । घटना बारेमा ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी टोलि गई अनुसन्धान भइरहेको छ ।