
अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ। पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला रजाँञ्याकी ५३ वर्षीया धर्मादेवी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो।

धर्मादेवीको मंगलबार घरबाट पर रातापगाहार भन्ने भिरमा कोइरालको रुख काट्ने क्रमका तल खोल्सामा खसेर घटनास्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
