स्वास्थ्य सेवा दिवसको अवसरमा मैत्रीपुर्ण फुटबल, सेति प्रादेशिक अस्पतालको टीम बिजयी
 
ffotball

 ‘स्वास्थ्यकर्मिको चाहना स्वास्थ्य जिवनको कामना’ भन्ने मुल नारा सहित स्वास्थ्य सेवा दिवसको अवसरमा महाकाली अस्पतालको आयोजनामा मैत्रीपुर्ण फुटबल सम्पन्न भएको छ ।

कंचनपुरस्थित भिमदत्त नगरपालिका वडा नं ४ खुलामञ्चमा भएको महाकाली अस्पताल र सेति प्रादेशिक अस्पताल बिच भएको मैत्रीपुर्ण फुटबलमा ८–० अन्तरले सेति प्रादेशिक अस्पतालले जित हासिल गरेको छ ।

महाकाली अस्पताल र सेति प्रादेशिक अस्पतालबाट डाक्टर तथा स्वास्थ्यकर्मि फुटबल टिममा सहभागि भएका थिए । बिजयी भएको सेति प्रादेशिक अस्पतालको टिमलाई आयोजक महाकाली अस्पतालले ट्रफि हस्तान्तरण गरेको छ ।

1

2