अछामका जय विष्ट भारतमा चम्किँदै, विजय हजारे ट्रफीमा खेले १४१ रनको पारी
 
jay bist

नेपाली मूलका क्रिकेटर जय विष्टले भारतमा जारी विजय हजारे ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गरेका छन् । उनले उत्तराखण्डबाट खेल्दै मेघालयविरुद्ध एक सय ४१ रनको विष्फोटक पारी खेलेका हुन् ।

मेघालयले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याउने क्रममा उत्तराखण्डका ओपनिङ ब्याट्सम्यानसमेत रहेका विष्टले १ सय १९ बलमा १९ चौका र तीन छक्कासहित १ सय ४१ रनको पारी खेलेका हुन् ।

जयको पुख्र्यौली घर सुदूरपश्चिमको अछाम हो । जयका पिता गोकुल विष्ट पनि क्रिकेटर हुन् । ओपनिङ ब्याट्सम्यान तथा अफ स्पिनरका रूपमा टिममा स्थान बनाएका जयले भारतको प्रतिष्ठित रणजी ट्रफी पनि खेलिसकेका छन् ।