
अछामको रामारोशन गाउँपालिकामा पर्यटन प्रवर्द्धन तथा छाउपडी कुप्रथा अन्त्यका लागि चित्रकला प्रतियोगिता हुने भएको छ ।

जिल्लाको पर्यटन प्रवर्द्धन तथा छाउपडी कुप्रथाको अन्त्य गर्नका लागि रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितीको बैठकले राष्ट्रव्यापी चित्रकला प्रतियोगिता गर्ने निर्णय गरेको बताइएको छ ।
शनिवार बसेको बैठकले समिति, जिल्ला प्रशासन कार्यालय र सो गाउँपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकको निर्णय अनुसार प्रतियोगिता यही फागुन २४ गते नारी दिवसका दिन हुनेछ ।