मसुरियामा प्रिन्सिपल मृत्यु प्रकरणः सिआईबीको बिषेश टोली  कैलालीमा, घटनाको अनुसन्धान सुरु 
 
search

कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा रहेको बिहानी क्षितिज स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धान गर्नका लागि काठमाण्डौवाट सिआईबीको टोली कैलाली पुगेको छ । गएको बैशाख ११ गते मृत अवस्थामा फेला परेका गौरीगंगा नगरपालिका वडा नम्बर ९ घर भएका ४० वर्षीय भुसालको मृत्यु प्रकरणको सुस्म रुपमा अनुसन्धान गर्नका लागि सिआईबीको बिषेश टोली कैलाली पुगेको हो ।

आईतवार कैलाली पुगेको टोलीले आजदेखि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला सुरक्षा समितिको माग अनुसार थप अनुसन्धानका लागि कैलाली पुगेको सिआइबीको टोलीले आजदेखि अनुसन्धानलाई अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार पीडित परिवारको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले ५ जनालाई नियन्त्रण लिएको थियो । प्रहरीले अनुसन्धान गर्दै जादा घटनामा कसैको पनि प्रत्यक्ष संग्लनता नदेखिएपछि पाचै जनालाई जमानीमा छोडिएको छ ।

विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष समेत रहेका भुसालको शंकास्पद ढंगले मृत्यु भएको भन्दै उनका आफन्त तथा स्थानियहरुले दोषीलाई पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न माग गरिरहेका छन् । उनीहरुले मसुरीयामा प्रदर्शन पनि गर्दै आएका छन् ।