चण्डिका ग्रुप एलपीएलः उत्कृष्ट खेलाडी पुरस्कार रोज कलेक्सनद्धारा प्रायोजन
 
lpl

आगामी फागनु १५ देखि २४ गतेसम्म सञ्चालन हुने पाँचौ संस्करणको चण्डिका ग्रुप एलपीएल क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार धनगढीमा रहेको रोज कलेक्सनले प्रायोजन गर्ने भएको छ ।

धनगढीमा एक कार्यक्रमको आयोजना गरी प्रायोजन सम्झौता भएको छ ।  उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजन गर्ने विषयमा लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र रोज कलेक्सनका प्रोप्राईटर रोशन विक्रम शाहीबीच सम्झौता भएको हो ।

3

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई दिईने पुरस्कार र ट्रफी बापतको रकम रोज कलेक्सनले आयोजकलाई उपलब्ध गराउने सहमति भएको लिटल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट्सका अध्यक्ष शाहीले बताए । प्रतियोगितासँग जोडिन पाउँदा आफूलाई खुसी लागेको रोज कलेक्सनका प्रोप्राइटर शाहीले बताए ।

प्रतियोगिताको मुख्य प्रयोजक चण्डिका ग्रुप रहेको छ भने दोस्रो पुरस्कार राशीको प्रायोजन गुरुकूल एकेडेमीले गर्ने सहमित यसअघि भइसकेको अध्यक्ष शाहीले बताए । लिग कम नक आउट फर्म्याटमा खेलाइने प्रतियोगिता धनगढी स्थित संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी विद्यालय टिमबाट कक्षा १० सम्म पढ्दै गरेका ११ जना खेलाडी तथा ३ जना १९ वर्ष मुनिका राष्ट्रिय स्तरका खेलाडीलाई सहभागी गराउन पाइने व्यवस्था गरिएको छ ।