‘उत्सव’ तेल उपभोग नगर्न प्रशासनको आग्रह, बिक्री गरे कारवाही हुने
 
tt

राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्रि बितरण तथा उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ । उत्सव खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि बितरण तथा उपभोग नगर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए ।

तेलको गुणस्तरमा सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरिक्षणको क्रममा समेत कैफियत महसुस भएकोले गुणस्तर परिक्षणका लागि खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय कैलाली पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

सो तेलको परिक्षण प्रतिबेदन प्राप्त नभएसम्मका उत्सव ब्राण्डको तोरीको तेल आयात बिक्रि बितरण तथा उपभोग नगर्न सार्बजनिक सुचना मार्फत जिल्लाबासीलाई जानकारी गराएको उनले बताए । बिक्रि बितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।