 
कोरोनाले नेपालमा दुईवर्षे बालिकासहित अहिलेसम्म आठजनाको मृत्यु भएको छ । पछिल्लो समय बाजुरामा एकसाता अघि भारतबाट आमा बुबासँग आएकी दुई वर्षकी बालिकाको मृत्यु भएको छ ।
 
 उनको आज बिहान सबेरै मृत्यु भएको हो भने हिजो दैलेखको दुल्लुमा पनि एकजना पुरुषको मृत्यु भएको थियो । त्यसअघि ६ जनाको मृत्यु भएको थियो ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
