
नेपाली काँग्रेस कैलालीका नेता रामसमझ चौधरीको निधन भएको छ । काँग्रेस महा समिति सदस्य एवंम् नेवि संघ र तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका चौधरीको आज निधन भएको नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले बताए ।

लामो समयदेखि जण्डिस रोगसँग संघर्ष गरिरहेका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
