‘किरा परेको चामल प्रकरणमा धनगढी उपमहानगरपालिका आफै बोक्सी आफैं झाक्री’–चौधरी
 
nepalu

सुदुरपश्चिम प्रदेश सभाका सदस्य नेपालु चौधरीले किरा परेको चामल प्रकरणमा धनगढी उपमहानगरपालिका आफै बोक्सी आफैं झाक्री भएको आरोप लगाएका छन् । प्रदेश सभाको बैठकमा वोल्दै उनले यस्तो बताएका हुन् ।

राहतका लागि वाँडिएको चामल किरा परेको भन्दै नगरवासीहरुले फिर्ता गरेपछि आफै छानविन समिति बनाएर आपुर्तिकर्तालाई मात्रै दोषी देखाएको तर कर्मचारीहरुलाई बचाएको आरोप लगाएका छन् ।