सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ८ महिनादेखि भेट्न मानेका छैनन् प्रधानमन्त्री  ओलीले
 
cm bhatta

धनगढीको आमसभामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्टमा स्वागत गर्न नगएको भन्दै आलोचना भईरहेका वेला मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले भेट्न नमानेको आरोप लागेको छ । मुख्यमन्त्रीमा संस्कार नभएको भन्दै प्रदेश सरकार परिवर्तनको चेतावनी आमसभामै सहभागी भएका मन्त्रीहरुले दिएपछि प्रदेशको कामका लागि मुख्यमन्त्रीले भेट्न खोज्दा आठ महिनादेखि समय नभएको आरोप लागेको हो । मुख्यमन्त्री कार्यालयको सचिवालयले सामाजिक सञ्जालमा चर्को आलोचना पनि भईरहेका वेला प्रधानमन्त्री बारेको जानकारी फेशबुक मार्फत दिएको छ । 

प्रदेशका मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिवसिंह ओलीले फेशबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीले आठ महिनादेखि प्रदेशको कामका लागि भेट्न खोज्दा समय नदिएको लेखेका छन् । उनले स्टाटसमा लेखेका छन्–‘पहिले राजाको सवारी हँुदाको अन्चालाधीशले गर्ने नमन अहिलेको गणतान्त्रिक व्यवस्थामा कल्पना समेत गरिदैन किनकि यहाँ अहिले सामन्तवाद छैन । ८÷८ महिना सम्म मुख्यमन्त्रीलाई सुदुरपश्चिम प्रदेशको महत्वपूर्ण कामका लागि समय समेत नदिने अनि प्रदेशमा पार्टीको भेलामा आउँदा समन्वय र औपचारिक खबर पनि गर्नु नपर्ने तर सिष्टाचार भेट गर्नुपर्ने, नगरे संस्कारहिन हुनुपर्ने, तेसो नगर्दा  प्रदेश सभा र सरकार बिघटन गर्नुपर्ने  कस्तो तर्क  ... अनि कस्तो सनक... ।’ 

1
मुख्यमन्त्रीको सचिवालयले प्रधानमन्त्री पार्टीको भोलमा आउँदा कुनै समन्वय र औपचारिक खबर नभएको जनाएको छ । स्वकीय सचिवले स्टाटसमा लेखेका छन्–‘मुख्यमन्त्री व्यक्ती होईन, प्रदेशको सम्मानित संस्थाको साथै आस्थाको धरोहर  पनि हो ।त्यसैले मुख्यमन्त्रीले समग्र प्रदेशवासीको भावनाको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ । संघीयता कसैको उपहारबाट प्राप्त वस्तु होईन अपितु यो हजारौ सहिदको बलिदानीबाट प्राप्त उपलब्धि हो ।’