
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई आज धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराएका छन्।

सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै एक सय केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए।
