 
 सार तत्व जिन्दगीका कथन रहेनन्
पिरको भारी बोकी हिड्ने बदन रहेनन् ।
 
 
 बिनाहाँसो बिनाखुसी चलिरह्यो सधैँ जीवन 
सुख देखाउने पत्रोका ति तदन रहेनन् ।
 संविधानको कु तर्फ लम्किरह्यो सधैँ शासन
बहुमतले पठाएका सदन रहेनन् ।
 
 
 सत्ता भत्ता कुर्सी जस्तै समय नि खेलिरह्यो
उदार हृदयी जननेता मदन रहेनन् ।
 सार तत्व जिन्दगीका कथन रहेनन्  
सुख देखाउने पत्रोका ति तदन रहेनन् ।
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
