
धनगढीमा सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउनेको भिड लागेको छ । कोरोना कहरले झण्डै १० महिनासम्म बन्द रहेर सोमवारदेखि सञ्चालनमा आएको धनगढीको एसटिएस सिनेमाले ‘अम्ब्रेला स्ट्रिट’ तयार पारेको थियोे । एसटिएस सिनेमा झण्डै डेढ सय रंगीचंगी छाता आकाशमा झुन्डाइएपछि टिकटक बनाउनेकोो भिड लागेको हो । अहिले एसटिएस सिनेमा आमा र सेन्टी भाईरस फिल्म प्रदर्शन भईरहेको छ ।

