 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले बाटो बिराएर अर्को समूहमा गएकाहरुलाई फर्किन आग्रह गरेका छन् । ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वकै पार्टीमा फर्कन आग्रह गरेका हुन् ।
 
 
 उनले ओली समूह नै नेकपाको संस्थापन पक्ष भएको दाबी गरे ।  चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा दुई तिहाई मत ल्याउने दाबी गरे । 
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
