
सुदूरपश्चिममा कोरोना भाइरसका कारण थप एक संक्रमितको मृत्यु भएको छ। जिल्ला अस्पताल अछाममा उपचाररत साँफेबगर नगरपालिका–४ का ७४ वर्षीय पुरुको बुधबार राति मृत्यु भएको हो

पुस ६ गते कोरोना पुस्टि भएका उनलाई नियमित अक्सिजनसहितको उपचार दिएपनि ज्यान बचाउन नसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताए।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या ७० पुगेको छ।
