
बैतडीको डिलाशैनी गाउँपालिकामा गरिएको लकडाउन खुलेको छ । गत मङ्सिर १६ गतेदेखि गरिएको लकडाउन सोमबारबाट खुलेको हो ।

गाउँपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै लकडाउन गरेको थियो । लकडाउन खुलेसँगै गाउँपालिकाका सम्पूर्ण सेवाहरू सुचारु भएको बताइएको छ ।
