
मन्त्रि परिषद् बैठकले संसद् विघटनको सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकबाट संसद विघटनको सिफारिस गर्ने निर्णय गरेका छन्। ओलीले संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

'संसद विघटनको कुरा भएको थियो,' ती मन्त्रीले भने। यसैका लागि केही बेर अघि मन्त्रि परिषद्कको आकस्मिक बैठक बसेको ती मन्त्रीले बताए। सत्तारूढ नेकपाभित्र विवाद चुलिँला प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा थिए।
उनले संविधानले प्रष्ट अधिकार नदिए पनि संसद् विघटन गर्ने आकलन गरिएको थियो।
