‘प्रदेश सरकारले बजेटमा रजाई र भ्रष्टाचार गर्नकै लागि प्रदेश योजना आयोग गठन नगरेको हो’— प्रदेश सभा सदस्य थापा
 
ambi thapa

सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बिकुमारी थापाले प्रदेश सरकारले बजेटमा रजाई गर्न प्रदेश योजना आयोग गठन नगरेको आरोप लगाएकी छिन् । प्रदेश सभाको विशेष समयमा वोल्दै थापाले प्रदेश सरकारले बजेटमा रजाई र भ्रष्टाचार गर्नकै लागि प्रदेश योजना आयोग गठन नगरेको आरोप लगाएकी हुन् । अढाई बर्षसम्म गठन नगरिएको प्रदेश योजना आयोग छिटोभन्दा छिटो गठन गर्न उनले माग गरिन् । ‘अढाई बर्षसम्म किन बनाउन सकेनौ । हामी योजना बनाउन पाउदैनौ । हामी कार्याकर्तालाई दिने बजेट दिन पाउदैनौ भनेर नगरेको जस्तो छ ।’ प्रदेश सभा सदस्य थापाले भनिन्—‘छिटोभन्दा छिटो प्रदेश योजना आयोग गठन होस ।’

भारतमा अलपत्र नेपालीको उद्धारको काममा पनि प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको थापाले आरोप लगाईन् । सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संसदमा कोरोनाको वारेमा जानकारी दिदा झुटो बोलेको भन्दै उनले भनिन्—‘मन्त्री ज्युले प्रदेश सरकारले थुप्रै व्यवस्था गरेको भन्नु भएको । कतिलाई यातायातको व्यवस्था गर्नुभयो । कतिलाई खाना खुवाउनुभयो । त्यसको वारेमा मिडियामा देखेका छैनौ सुनेका छैनौ । सरकारभन्दा पनि व्यक्तीगत रुपमा गरेका छन् । रोष्टममा झुट वोल्न पाईदैन । प्रदेशवासीहरुलाई यसको वारेमा जानकारी गराउनुहोस ।’

उनले प्रदेश सरकार प्रति आशाको आशा अनुसारको काम हुन नसकेको भन्दै सरकार जनताप्रति उत्तरदायी नभए र आफ्नो कर्तव्य नवुझेमा ठुलै दुर्घटना हुन सक्ने चेतावनी दिईन् ।  मंगलवारको संसद वैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले विवादास्पद अभिव्यक्ती दिएको भन्दै प्रदेश सरकारका मन्त्रीले जिम्मेवार भएर वोल्नु पर्ने बताईन् । संघीय सरकारले गरेको निर्णयको खुशी सहित स्वागत गरेको भन्दै उनले मन्त्रीले गैर जिम्मेवारी रुपमा वोल्नु आपत्तिजनक भएको जिकिर गरिन् । प्रदेश सरकारले विगतका कामहरुको समीक्षा गर्न जरुरी रहेको भन्दै प्रदेश सभा सदस्य थापाले निति तथा कार्यक्रममा लेखिएका कुराहरु अक्षरमा सुन्दर रहेको तर कार्यान्वयनको पाटो जरुरी रहेकोमा जोड दिईन् ।