
रुकुम पश्चिममा जो नरसंहार देखियो ।
उज्यालो युगमा कुरुप अनुहार देखियो ।।

जातभात र उचनिचको बर्बर युग त गैसकेको हो ।
समानताको युगमा फेरि मानवताको हार देखियो ।।
भोकले भन्दैन जुठो भात प्रेमले भन्दैन जात र भात ।
मान्छे भएर पनि तिम्रो दानवको झैं विचार देखियो ।।

प्रेमकै लागि बलिदान दियो एउटा शहिदले ।
प्रेमीकै गर्धनमा आखिर तरवार देखियो ।।
नहट्नु पछि कहिल्यै नडराउनु ए प्रेमीहरु हो ।
कानुन नै मानवता र न्यायको अन्तिम आधार देखियो ।।
तपेन्द्र भुषाल
धनगढी,कैलाली