साग स्वर्ण विजेता तथा ओलम्पिकमा छनोट भएका धावक पार्की सम्मानित
 
samman

धनगढीमा बिहीबार १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता तथा टोकियो ओलम्पिकका लागि छनोट भएका म्याराथन धावक गोपीचन्द पार्कीलाई  सम्मानित गरिएको छ ।  

पार्कीलाई कैलाली जिल्ला तथा नेपाल एथलेटिक्स संघले एक  कार्यक्रम आयोजन गरि सम्मान गरको हो ।  उनलाई नगद २५ हजारसहित सम्मान गरेको हो । उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

सम्मान कार्यक्रममा उपस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) का बोर्ड सदस्य एकेन्द्र कुँवरले व्यक्तिगत सहयोग स्वरुप १५ हजार सहयोग गरेका छन् ।