
कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि डडेल्धुराको अजयमेरु गाउँपालिका १ हप्ताका लागि सेवा बन्द गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै १ हप्ताका लागि सेवा स्थगित गरिएको जनाएको छ।

जारी सूचनामा १४ गते गरिएको परिक्षणमा केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि मंगलबारदेखि १ हप्तासम्म कार्यालयबाट सम्पादन गर्ने सबै कामकाज स्थगित गरिएको उल्लेख गरिएको छ।
